Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी सरकारमा संयोग

पहिले ठुलो बुवा, अहिले भतिजलाई उही मन्त्रालय

२८ भदौ २०८१, शुक्रवार

विराटनगर । कोशी सरकारमा शुक्रबार नेपाली काङ्ग्रेसबाट मन्त्रीहरू सहभागी भएका छन् । त्यस क्रममा ताप्लेजुङका खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनले पद तथा गोपनियताको सपथ लिएर पदभार समेत ग्रहण गरिसकेका छन् ।

यसमा एउटा रमाइलो संयोग के बन्न पुग्यो भने यही मन्त्रालयमा उनका ठुलो बुवा प्रताप प्रकाश हाङ्गाम पनि मन्त्री बनेका थिए । 

तत्कालीन मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारमा मन्त्रालय धेरै हुँदा हाङ्गामको भागमा उद्योग, श्रम तथा रोजगार मन्त्रालय परेको थियो । उनी सदनमा आफ्ना कुरालाई रमाइलो र रोचक रुपमा अभिव्यक्त गर्ने सांसदका रुपमा समेत चिनिन्थे ।

त्यतिबेला लिपुलेक र कालापानीमा भारतीय अतिक्रमणबारे हाङ्गामले प्रदेश सभामा बोलेको विषय भाइरल बनेको थियो ।

अहिले उनकै भतिज खगेनसिंहले सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ताप्लेजुङको प्रदेश (२) बाट निर्वाचित खगेनसिंहले पार्टी नेतृत्वले दिएको जिम्मेवारीलाई स्वीकार गर्दै मन्त्री बन्ने अवसर प्राप्त गरेको बताएका छन् ।

View : 159

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved