Biratnagar, Morang, Nepal
१० फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार उद्‌घोषकर्मी निरौलालाई दिने घोषणा

उद्‌घोष सम्वाददाता
९ फागुन २०८१, शुक्रवार

विराटनगर । नारदमुनि–पवित्रादेवी लुइटेल स्मृति कोष ग्रामथान–२ झोराहाटबाट स्थापित यस वर्षको झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार बीबीसीका विराटनगर सम्वाददाता एवम् उद्‌घोष दैनिकका कार्यकारी सम्पादक विक्रम निरौलालाई दिने घोषणा गरिएको छ ।

कोषको शुक्रबार बसेको बैठकले निरौलालाई सो पुरस्कार दिने घोषणा गरेको जनाइएको छ ।

११ हजार एक सय ११ रुपैयाँ राशि रहेको सो पुरस्कार यही फागुन २७ गते एक समारोहबीच वितरण गरिने सो कोषका संरक्षक पक्रकार शंकर लुइटेलले जानकारी दिए ।

मोरङ कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गर्दै आएका मध्येबाट छनोट गरी प्रत्येक वर्ष एक जनालाई सो पुरस्कार वितरण हुँदै आएको छ । 

वि.सं २०७८ बाट वितरण गर्न सुरु गरिएको सो पुरस्कारबाट पत्रकार अभय राई, विनोद सुवेदी र सुशीला पाठक पुरस्कृत भइसकेका छन् । 

यसैगरी सोही समारोहमा छत्रपति लुइँटेल स्मृति सेवानिवृत्त शिक्षक सम्मानबाट शिव अधिकारी र नारायण न्यौपानेलाई सम्मानित गरिने जनाइएको छ ।

View : 156

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved