Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

लोकतान्त्रिक खेलकुद संघ कोशीमा विराटनगरका अभिषेक श्रेष्ठ सर्वसम्मत

उद्‌घोष संवाददाता
१० भदौ २०८२, मङ्गलवार

सुनसरी । नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका अभिषेक श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । 

इटहरीमा सोमबार भएको पहिलो प्रदेश अधिवेशनले विराटनगरका श्रेष्ठको अध्यक्षतामा २८ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । 

उपाध्यक्षमा इटहरीका अनुरोध थापा क्षेत्री र मोरङका ओमप्रकास मास्के निर्वाचित भएका छन् । 

सचिवमा विराटनगरका उद्धव अर्याल, सहसचिवमा खोटाङका सनम राई, ओखलढुंगाका विश्वराज राई, ताप्लेजुङका चन्द्रकुमार नाल्वो र झापाका दुर्बसा कार्की चयन भएका छन् भने कोषाध्यक्षमा संखुवासभाका शिब न्यौपाने चयन भए ।

सदस्यहरुमा सबैभन्दा बढी मोरङबाट सात जना निर्वाचित भएका छन् । 

मोरङबाट सुभद्रा माझी, गणेश कार्की, बिनेस बस्नेत, दुर्गा श्रेष्ठ, धु्रवप्रसाद सिग्देल, चन्द्र पराजुली र मधुसुदन मानन्धर चयन भएका हुन् । 

झापाबाट मीरा काफ्ले, जेम्स लिम्बू र लक्ष्मी देवान, सुनसरीबाट सुसना खत्री र पूर्ण राई चयन भएका छन् । 

इलामबाट सुशीला गुरुङ, राजीव कडरिया र दिपिका थापा सदस्यमा चयन भएका छन् । 

उदयपुरबाट मदनकुमारी कार्की र वीरेन्द्र मल्ल ठकुरी, धनकुटाका रोशनराज अमात्य र पाँचथरका विरेन्द्र सुवाङ सदस्यमा सर्वसम्वत चयन भएका छन् । 

नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेसको भ्रातृ संस्थाको रुपमा मान्यता पाएको संस्था हो । 

विसं २०७० सालमा देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद संघको गठन भएको थियो । 

अहिले संघले सातै प्रदेशसहित जिल्ला र स्थानीय तहमासमेत संगठन बिस्तार गरेर काम गरिरहेको संघका कोशी प्रदेश सल्लाहकार किशोर राईले जानकारी दिए ।

View : 312

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved