Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

महानगरस्तरीय हाजिरीजवाफमा आदर्श माविको सानदार जीत

उद्‌घोष संवाददाता
६ फागुन २०८२, बुधवार

विराटनगर । विराटनगर महानगरपालिकाद्वारा आयोजित महानगरस्तरीय आधारभूत तह (कक्षा १–५) हाजिरी जवाफ प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयले सानदार प्रदर्शन गरेको छ। बाल मन्दिर आधारभूत विद्यालयको समन्वयमा सम्पन्न प्रतियोगितामा आदर्शले सामुदायिक र संयुक्त दुवै विधामा ठूला सफलता हात पारेको हो।

फागुन ५ गते  मंगलबार भएको सामुदायिक विद्यालयहरू बीचको प्रतिस्पर्धामा आदर्श मावि प्रथम हुन सफल भयो। प्रथम स्थानसँगै टोलीले रनिङ सिल्ड, मेडल, प्रमाणपत्र र जनही रु. ७ हजार नगद पुरस्कार प्राप्त गर्‍यो।

यस्तै, फागुन ६ गते  बुधबार भएको सामुदायिक र संस्थागत (निजी) विद्यालयहरूको संयुक्त प्रतिस्पर्धामा पनि कडा चुनौतीलाई चिर्दै आदर्शले दोस्रो स्थान सुरक्षित गर्‍यो। संयुक्त विधामा टोलीले ट्रफी र जनही रु. ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ।

आदर्श माध्यमिक विद्यालयको तर्फबाट तर्फबाट आदित्यकुमार सेन, सुरक्षा शाह र सिजन प्रधान (सबै कक्षा ५) को टोलीले उत्कृष्ट नतिजा दिलाएका हुन्।

 विद्यार्थीको सफलतामा खुसी व्यक्त गर्दै प्रधानाध्यापक सन्तोष पोखरेलले यस नतिजाले विद्यालयको शिर उच्च बनाएको बताए  । उनले विद्यार्थीहरू किताबी ज्ञानमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको प्रमाणित भएको उल्लेख गरे।

त्यस्तै, प्राथमिक तहका संयोजक सुदिप पोखरेलले शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले यो सफलता सम्भव भएको बताए ।

View : 373

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved