Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

राधाकृष्ण माविको वार्षिकोत्सव

उद्घोष सम्वाददाता
१० पुष २०८०, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि नबढाएसम्म समग्र शिक्षाको विकास नहुने बताएका छन्  । 

विराटनगर–१ स्थित राधाकृष्ण भूपालमानसिंह कार्की माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय सामुदायिक विद्यालयहरुले पनि राम्रो प्रगति गर्न थालेको बताए । 

कार्यक्रममा विद्यालयमा अध्ययन गरी सीटीईभीटीको परीक्षामा उत्तीर्ण गर्ने पंकज साह, कल्पनाकुमारी साह, ओमप्रकाश साह, राजु चौधरी, सतिसचन्द्र दास र अनिलकुमार साहलाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो ।

त्यस्तै डिप्लोमा ईन इन्जिनियरिङका विभिन्न सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने श्याम साह, कुशल भट्टराई, जयनारायण यादव, पंकज साहलगायतलाई विद्यालयका तर्फबाट मेयर कोइरालाले सम्मान गरे ।

कार्यक्रममा विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेत, शैक्षिक विकास महाशाखाका संयोजक कृष्ण भट्टराई, विद्यालयका शिक्षक फडिन्द्र वस्तीलगायतले मन्तव्य गरेका थिए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राना क्षेत्रीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए  ।

View : 153

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved