विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नौ शय्याबाट क्षमता वृद्धि गरी थप १६ शय्याको सुविधा सम्पन्न सीसीयू सञ्चालनमा आएको छ ।
हस्पिटलको दोस्रो तल्लामा स्थापना गरिएको सीसीयूमा चारवटा क्याबिनसहित १६ शय्या थप गरिएको छ ।
हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा.प्रशान्त साह र मुटु रोग विशेषज्ञ डा.माधव विष्टले रिबन काटेर सीसीयू कक्षको उद्घाटन गरे ।
यो सेवाले पूर्वी नेपालका मुटु रोगका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालले दावी गरेको छ ।
यहाँ कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टी, परमानेन्ट पेसमेकर इम्प्लान्टेसन र पीटीएमसी लगायतको उपचार गरिन्छ ।
मुटु रोगका बिरामीका लागि यहाँ धेरै सेवा सुविधाहरु उपलब्ध रहेको छ । स्वास्थ्य बिमा, विपन्न नागरिक औषधि उपचार कोष, ज्येष्ठ नागरिक, भूतपूर्व सैनिक र सामाजिक सुरक्षा कोष जस्ता विभिन्न माध्यमबाट सजिलै उपचार सुविधा लिन सकिने अस्पतालले जनाएको छ ।
मुटु रोग सम्बन्धी सम्पूर्ण जानकारी तथा उपचारका लागि मुटु रोग विभागको हेल्पलाइन नम्बर ९७६१०२४७७० सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।
View : 135
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved