विराटनगर । विराटनगर–३ का पूर्व बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरे अमेरिकाको न्यूयोर्क राज्य अन्तर्गत डिस्ट्रिक्ट–३० बाट सभासद (स्टेट एसेम्बली) को उम्मेदवार बनेका छन् ।
सन् १९९६ देखि न्युयोर्कको उडसाइडमा स्थायी बसोबास गर्दै आएका घिमिरेले डेमोक्रेटिक प्राइमरी निर्वाचनमार्फत आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका हुन् ।
लामो समयदेखि अमेरिकाको न्युयोर्क र अन्य विभिन्न प्रान्तहरूमा सामाजिक व्यक्तित्वका रूपमा परिचित घिमिरे प्रजातन्त्रवादी विचारका संवाहक मानिन्छन् ।
उनले यस पटकको निर्वाचनमा गुणस्तरीय आवास, सार्वजनिक शिक्षाको सुधार, श्रमिक अधिकारको संरक्षण र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्वलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।
समाजसेवामा सक्रिय घिमिरेले यसअघि आफ्नो उल्लेख्य योगदानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू समेत प्राप्त गरिसकेका छन् ।
विशेषगरी न्युयोर्कमा अध्ययनरत नेपाली विद्यार्थी र दक्षिण एसियाली मुलका समुदायलाई संकटको समयमा सहयोग पु¥याउन उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
घिमिरेको उम्मेदवारीले अमेरिकामा रहेका नेपाली मूलका नागरिकहरूको राजनीतिक पहुंच र प्रभाव बढाउने भन्दै त्यहाँका नेपाली विद्यार्थी र प्रवासी समुदायले उत्साह व्यक्त गरेका छन् ।
उनको उम्मेदवारीले विराटनगर र सिंगो नेपालकै गौरव बढाएको स्थानीय बुद्धिजिवीहरूको भनाइ छ ।
View : 163
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved