Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित

उद्घोष सम्वाददाता
१७ मंसिर २०८१, सोमवार

झापा । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार ओलीको ४९३ मत प्राप्त गर्दै विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत, नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत प्राप्त गरेका हुन् ।

२०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा ५०८ मत ल्याएर निर्वाचित भएका थिए । उनको निधनपछि उपनिर्वाचन भएको हो । 

कन्काई–६ मा कूल २ हजार ५८ मतदाता रहेका थिए । १ हजार ५ सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले बताए ।

View : 48

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved