विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को रिक्त उपकुलपतिमा चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।
बिहीबार पूविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० को दफा २८ (ख) अनुसार डा. पोखरेललाई बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
ऐनको दफा २८ (ख) मा भनिएको छ– ‘विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीका जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम् प्राध्यापकलाई तोक्नेछ ।’
पूविका उपकुलपति प्राडा यादवराज कोइरालाको चार वर्षे कार्यकाल फागुन १८ गते सकिएको छ । कोइरालाको कार्यकाल सकिएको एकहप्ताभित्रै डा. पोखरेलले उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।
View : 984
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved