Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

दसैँको दोस्रो दिन पनि टीका जमरा लगाइँँदै

उद्‌घोष संवाददाता
१७ असोज २०८२, शुक्रवार

काठमाडौँ । बडादसैँको दोस्रो दिन शुक्रबार काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ ।

हाम्रा समाचारदाताहरूका अनुसार देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ । 

सार्वजनिक यातायातका साधन पनि भरिभारउ छन् । कहीँ सार्वजनिक यातायातको लामो प्रतीक्षा गर्नुपरेको गुनासो पनि टीका थाप्न जानेहरूले गरेका छन् ।

काठमाडौँ उपत्यकाका सडकमा पनि सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् भने मुख्यचोकमा निजी सवारी साधनको पनि ताँती लागेको छ ।

View : 351

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved