विराटनगर । महावीर अटोमोबाइल्स प्रालि विराटनगरले आफ्ना ग्राहकहरूको भेलामार्फत स्वराज कम्पनीको नयाँ ट्याक्टर ‘स्वराज ७४४ एक्सटी’ सार्वजनिक गरिएको छ ।
सयौँ ग्राहकहरूको माझमा स्वराजको नयाँ मोडल ‘स्वराज ७४४ एक्सटी’ को सार्वजनिकरण गरिएको हो ।
सार्वजनिक गरिएको नयाँ मोडेलको ट्याक्टरमा रोटाभेटरका लागि १२ इन्चको दोहोरो क्लच, भारी लोडमा पनि राम्रो ब्रेक, ठुलो रियर टायर, बलियो टर्क सहितको शक्तिशाली इन्जिन लगायतका विशेषता रहेको जनाइएको छ ।
कार्यक्रममा महावीर अटोमोबाइल्स प्रालिका अध्यक्ष मोहनलाल शर्मा, निर्देशक ओम शर्मा, स्वराज इन्डियाका नेपाल प्रमुख प्रदीप जयप्रकाश, नेपालका बिक्री प्रबन्धक जितेन्द्र सिंह, नेपाल कस्टमर केयर प्रमुख अरविन्द मण्डल, महावीर अटोका बिक्री प्रबन्धक विजय किशोर देव र भीम ढकाल, अटोमोबाइल डिलर्स एशोसिएसनका केन्द्रीय सदस्य सञ्जय कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
View : 425
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved