Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

दुई सय छात्रालाई सम्मान

उद्घोष सम्वाददाता
१७ भदौ २०८१, सोमवार

चितवन, १७ भदौ । यहाँको मैयाँदेवी कन्या कलेजले तीजको अवसरमा दुई सय छात्रालाई सम्मान गरेको छ ।

आइतबार मैयाँदेवी छात्रा सम्मान २०८१ कार्यक्रमको आयोजना गरी यहाँबाट स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमानै रोजगारीमा रहेका एवं स्वरोजगार भएका छात्राहरुलाई सम्मान गरिएको हो ।

छात्राहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान गरेकी हुन् ।

सो अवसरमा प्रमुख दाहालले यस कलेजमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकलको व्यवस्थापन गर्ने बताए । 

उनले भने- “हामीले अन्य सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकल बितरण गरेका छौ ।

सो कार्यक्रममा यस कलेजका छात्रलाई पनि समेट्ने गरी काम गछौँ ।”

कलेजले गरेको सम्मानले आम दिदीबहिनीलाई शैक्षिक यात्रामा सहयोग पुगेको उनको भनाइ थियो । 

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कलेजमा प्रमुख भोजराज न्यौपाने, कार्यक्रमका संयोजक कृष्णप्रसाद न्यौपाने लगायतले तीजको अवसर पारि कलेजले आयोजना गरेको छात्रा सम्मान कार्यक्रम उदाहारणीय भएको बताए ।

कलेजका अध्यक्ष टङ्कनाथ पौडेलले कलेज स्थापनादेखि हालसम्म यहाँ अध्ययन गरेर स्वदेशमा रोजगारी गरेका, स्वरोजगार भएका र विभिन्न सङ्घ संस्थाको नेतृत्वदायी भूमिकामा रहेकाको सम्मान गरिएको बताए । रासस 

View : 90

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved