विराटनगर । मारवाडी युवा दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत मोरङ ट्राफिक प्रहरीलाई राति प्रकाश परिवर्तन गर्ने पेटी प्रदान गरिएको छ ।
मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा आयोजित कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवालाले मोरङ जिल्लाका ट्राफिक प्रमुख सन्तोष नेउपानेलाई पेटी हस्तान्तरण गरे ।
अध्यक्ष लालवानीले जाडोयाम बढेसँगै सो पेटीले राति हुस्सु लागेको बेला मद्दत पुर्याउने बताए ।
कार्यक्रममा युवा मञ्चका सल्लाहकार कुमोद गोयललगायत युवा सदस्यहरुको सहभागीता थियो ।
यसैगरी मञ्चले विराटनगर महानगर क्षेत्रमा जाडोको कारण पीडित बनेका पीडित विपन्न वर्गलाई न्यानो कपडा, कम्बल वितरण गरेको छ ।
View : 180
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved