Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुन्दरहरैंचा वाणिज्य संघको एघारौं अधिवेशन

उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको एघारौं अधिबेशन तथा  २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अधिवेशनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्यमन्त्री राजकुमार ओझा, संविधानसभा सदस्य चन्द्रबहादुर गुरूङ, पूर्व मेयर शिवप्रसाद ढकाल, उद्योगी भोलेश्वर दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद रिजालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीलाई सम्मान गर्नुका साथै एक सय जना भाग्यमानीलाई चिठ्ठामार्फत उपहार प्रदान गरिएको थियो ।

View : 73

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved