ज्येष्ठ नागरिक बौद्धिक मञ्चको वैठक
विराटनगर । जेष्ठ नागरिक बौद्धिक मञ्च, विराटनगरले समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका विराटनगरका ११ जना ज्येष्ठ नागरिकहरूलाई विशेष सम्मान गर्ने भएको छ ।
सामाजिक, राजनीतिक, साहित्य, गैरसरकारी, बैंकिङ, पत्रकारिता, उद्योग-व्यवसाय, बालबालिका एवम् ज्येष्ठ नागरिक संरक्षण, पर्यटन तथा धार्मिक क्षेत्रमा रहेर समाजको उत्थान र विकासमा अविस्मरणीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई मञ्चले सम्मान गर्न लागेको हो ।
आ-आफ्नो कर्मक्षेत्रमार्फत समाजलाई मार्गनिर्देशन गर्ने अग्रजहरूलाई सम्मान स्वरूप यो कार्यक्रम तय गरिएको मञ्चका वरिष्ठ उपाध्यक्ष सुरबहादुर श्रेष्ठले जानकारी दिए ।
यसरी सम्मानित हुने अग्रज व्यक्तित्वहरूमा सीता पोखरेल, त्रिलोचन नेउपाने, भगतलाल श्रेष्ठ, कमलकिशोर यादव, ताराचन्द खेतान, लव प्रधान मित्र, दामोदर घिमिरे, भुवनेश्वरी आचार्य, शिवबहादुर कार्की, जगतप्रसाद अर्याल र मधुसूदन पोखरेल छन् ।
मञ्चका अध्यक्ष सतिशकुमार कर्णका अनुसार आगामी शनिबार एक विशेष समारोहको आयोजना गरी उनीहरू सबैलाई औपचारिक रूपमा सम्मान गरिने कार्यक्रम तय भइसकेको छ ।
मञ्चले ज्येष्ठ नागरिकहरूको अनुभव, ज्ञान र मार्गदर्शनलाई समाजको हितमा उपयोग गर्दै उनीहरूको आत्मसम्मान र अधिकार संरक्षणका लागि निरन्तर काम गर्दै आएको छ ।
View : 207
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved