विराटनगर । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रतिष्ठान फर्किएका छन् ।
विशेष अदालतको फागुन १६ गते फैसलाबाट सफाई पाएको भन्दै उनी बिहीबार प्रतिष्ठानमा हाजिर भएका हुन् ।
उपकुलपति गिरीलाई पद बहालीका क्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक, डीन, विभागीय प्रमुख, शाखा प्रमुख, शिक्षक र कर्मचारीहरुले स्वागत समेत गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा.अरुण कुमार सिंहले जानकारी दिए ।
उपकुलपति कार्कीमाथि भ्रष्टाचारको मुद्दा लागेपछि कामु उपकुलपतिको जिम्मेवारीमा रहेका प्रा.डा. प्रहलाद कार्कीले आफु ८ महिनादेखि जिम्मेवारीमा रहँदा सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन गरेका छन् ।
उनले अदालतबाट सफाई पाएर उपकुलपति पदमा पुनः फर्किएका डा. गिरीलाई बधाई समेत दिएका थिए ।
View : 613
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved