विराट ट्रेड एक्स्पो :
विराटनगर । विद्यालयमा सिकेको शिष्टाचारसम्बन्धि ज्ञानलाई श्रीश्री रविशंकर विद्या मन्दिरले विराट ट्रेड एक्स्पोको माध्यमबाट व्यावहारिक शिक्षामा परिणत गर्दै आएको छ ।
विराटनगर–२ तीनपैनीमा रहेको श्रीश्री रविशंकर विद्या मन्दिरले एक्स्पोको स्टल नम्बर ४३–४४ मा रहेको आफ्नो स्टलबाट विद्यार्थीहरूलाई दैनिक रूपमा शिष्टाचार शिक्षाको व्यावहारिक ज्ञान दिंदै आएको छ ।
विद्यार्थीहरूले विद्यालयमा लिएको शिक्षाको व्यावहारिक प्रयोग गर्ने थलोका रूपमा एक्स्पो उपयोगी रहेको विद्यालयकी संस्थापक प्रँचार्य सीमा अग्रवालले बताइन् ।
उनले कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूले प्रत्येक दिन एक्स्पोमा रहेको विद्यालयका स्टलमा आएर किताबी ज्ञानलाई व्यवहारमा सिकाइ गरिरहेको बताइन् ।
‘हामीले स्टलका माध्यमबाट विद्यार्थीहरूको सिकाई क्षमता बढाउने र कक्षामा पढेको शिक्षालाई व्यवहारका उतार्न मद्दत गरिरहेका छौं’ अग्रवालले भनिन्, ‘यहाँ विद्यार्थीहरू नयाँ मानिसहरूसँग अन्तरक्रिया गर्न पाउँछन् अनि बोल्ने र व्यवहार गर्ने क्षमता पनि विकास गर्छन् ।’
उनले विद्यार्थीहरूको ज्ञान र क्षमता विकासमा ठूलो सहयोग पुगेको बताइन् । साथै, एक्स्पो अवलोकन गर्ने विद्यार्थीहरूले उद्योग व्यवसायबारे जानकारी पाउने र आगामी दिनमा उद्यमशीलता बृद्धि गर्न पनि अभिप्रेरित गर्ने विश्वास लिएकौ बताइन् ।
विद्यालयकी छात्रा स्वाती साहले स्टलमा पुगेर आफूसहितका विद्यार्थीहरूले फेस पेन्टिङ गर्न सिक्ने, हाजिरीजवाफ खेलाउने, बोल्ने क्षमता विकास गर्ने, अन्तरक्रिया गर्ने र व्यावसायिक ज्ञान पनि प्राप्त गरेको बताइन् ।
View : 94
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved