Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरबाट मार्बल लिएर गएको ट्रक पल्टिंदा पाँचजना कामदारको मृत्यु

उद्‌घोष संवाददाता
१ माघ २०८२, बिहिवार

विराटनगर । विराटनगरबाट राजविराजतर्फ मार्बल बोकेर जाँदै गरेको मालबाहक ट्रक दुर्घटना हुँदा पाँचजना कामदारको ज्यान गएको छ ।

सुनसरीको भोक्राह नरसिंह गाउँपालिका-८ सोनीयाहीमा बिहीबार बिहानै को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा पाँच जना कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिहानै करिव ५ बजेतिर गुडिरहेको अवस्थामा उक्त ट्रक अनियन्त्रित भएर पल्टिएको जनाइएको छ ।

ट्रक पल्टिँदा मार्बलमाथि बसेका पाँचै जना कामदारको मार्बलले किचिएर ज्यान गएको हो । मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन् । उनीहरु सवै सुनसरीको बर्जु गाउँपालिका-१ का बासिन्दा रहेको जनाइएको छ ।

ट्रकको अगाडि भागमा बसेका अन्य पाँच जना मध्ये तीन जना घाइते भएको प्रहरीले जनाएको छ । ट्रक चालक भने फरार रहेको जनाइएको छ । 

View : 205

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved