Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जापानी राजदुत टोरु र मुख्यमन्त्री कार्कीबीच भेट

उद्‌घोष संवाददाता
१२ भदौ २०८२, बिहिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र जापानका राजदूत माईडा टोरुबीच बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा भेटघाट भएको छ ।

भेटमा आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले जापान र नेपालको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको चर्चा गरे ।

उनले नेपालको विकासमा जापानले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

नेपालको पूर्वाधार क्षेत्रको विकासमा जापानले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । उनले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटनमा सहयोग गर्न आग्रह समेत गरे ।

सो अवसरमा जापानी राजदूत टोरुले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै औद्योगिक विकास र एग्रिकल्चरमा सहयोग गर्न तयार रहेको बताए ।

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनाल खनालका अनुसार भेटघाटमा प्रदेशको विकास र समृद्धिका विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

View : 355

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved