ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा दिउँसो २ः०० बजेदेखि सुरु भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायत पदाधिकारी केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु र प्रदेश सभापतिहरु सहभागी छन् ।
बैठकमा महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गरेका छन् । स्रोतका अनुसार महामन्त्री थापाले पुस १६ देखि १९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुनेगरी तयारी भएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिएका थिए ।
जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियो ।
View : 310
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved