विराटनगर । कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
विधेयकमाथि परेको संशोधन प्रस्तावमाथिको छलफलमा उठेका अधिकांश विषयलाई सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले स्वीकार गरेपछि सर्वसम्मत रुपमा पारित भएको हो ।
प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी र गोपाल तामाङ तथा गोम्बू शेर्पा र गणेशप्रसाद उप्रेतीले संयुक्त रुपमा, इन्द्रमणि पराजुली र कमलप्रसाद जवेगूले एकल रुपमा संशोधन प्रस्ताव पेश गरेका थिए ।
विधेयक पारित गरियोस् भनि सभामुख अम्बरबहादुर बिष्टले निर्णायार्थ प्रस्तुत गरेका थिए ।
विधेयक सर्वसम्मतले पारित भएको हो । पारित भएको विधेयकलेआन्दोलनरत वन रक्षकहरुको तह बृद्धि लगायतका विषयलाई सम्बोधन गरेको जनाइएको छ ।
सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको वृत्ति विकासलाई व्यवस्थित गर्नका लागि छुट्टै स्वास्थ्य सेवा विधेयक ल्याउने जनाएको छ ।
View : 83
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved