Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ उद्योग व्यापार संघ एक्स्पोको तयारीमा

संघले आगामी पुस ९ देखि १९ गतेसम्म एक्स्पो लगाउने गरी तालिका बनाइसकेको हो । विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालयबाट दक्षिणमा रहेको खाली जग्गामा एक्स्पो लगाउने तयारी अघि बढेको छ ।
उद्‌घोष संवाददाता
४ मंसिर २०८२, बिहिवार

विराटनगर । मोरङ उद्योग व्यापार संघले विराटनगरमा विराट ट्रेड एक्स्पो २०२५ को तयारी अघि बढाएको छ । संघले आगामी पुस ९ देखि १९ गतेसम्म एक्स्पो लगाउने गरी तालिका बनाइसकेको हो ।

बुधबार संघका अध्यक्ष अनुपम राठीसहितको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित उपस्थित प्रदेशका मन्त्रीहरूलाई सामुहिक रुपमा भेटेर एक्स्पोको तयारीबारे जानकारी गराएको हो ।

विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालयबाट दक्षिणमा रहेको खाली जग्गामा एक्स्पो लगाउने तयारी अघि बढेको हो ।

 एक्स्पो गर्न लागिएको सो जग्गा पनि संघका अध्यक्ष राठी लगायतका ठूला उद्योगीहरूकै स्वामित्वको भएको जनाइएको छ ।

संघले यसपटक एक्स्पो गर्नका लागि सचिव अमितकुमार सारडालाई संयोजक तोकेको छ । 

संयोजक सारडाले अगुवाईमा एक्स्पो स्थलको नक्साङ्कन गरी आवश्यक तयारी अघि बढाइएको जनाइएको छ ।

एक्स्पोका माध्यमबाट कोशी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो मद्दत गर्ने भन्दै संघले स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोगका लागि आग्रह गरेको छ ।

बुधबार प्रदेश सरकारका मुख्यमन्त्रीसँगको भेटमा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, सचिव तथा एक्स्पो संयोजक अमितकुमार सारडा, प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईं लगायतको सहभागिता थियो ।

View : 229

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved