विराटनगर : विराटनगर महानगरपालिका–१८ स्थित विराट राजाको दरबार क्षेत्रको सरसफाई गरिएको छ । शनिबार विराटनगर महानगरपालिकासहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीहरूले मिलेर दरबार क्षेत्रको सफाई गरेका हुन् ।
महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की लगायतले सरसफाई अभियानमा साथ दिएका छन् ।
मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्रको विकासमा महानगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले हाल पोखरी निर्माणमा एक करोड बढी रकम खर्च गरिसकेको जानकारी दिए ।
दरबार क्षेत्रको गुरुयोजना निर्माण गरी त्यस क्षेत्रकै विकास हुने गरी काम गर्न महानगरपालिकाले प्रदेश र संघ सरकारलाई आग्रह गर्दै आएको पनि बताए ।
View : 276
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved