विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वैदेशिक रोजगारीमा जाने युवाहरुले सीप नसिकी जाँदा विदेशमा दुःख पाउने गरेको बताएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी श्रमिक सञ्जाल प्रदेशस्तरीय क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीप नसिकी विदेश जाँदा दुःख पाउनुका साथै पैसा पनि कम कमाइ हुने गरेको बताए ।
सीप सिकेर जाँदा पैसा बढी कमाइ उनको भनाइ थियो । प्रविधिको विकाससँगै विगतको जस्तो अब विदेशमा समेत पाखुराका भरमा हुने श्रम घट्दै गएको मेयर कोइरालाले बताए ।
मेयर कोइरालाले विदेशबाट फर्किएका युवाहरुले विदेश जान चाहनेहरुका लागि वैदेशिक रोजगारीसम्बन्धी सचेतना दिनु आवश्यक रहेको औंल्याए । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्ण पोखरेलले श्रम स्वीकृति लिएर भन्दा नलिई जाने युवाको संख्या पनि धेरै रहेको बताए ।
रोजगारीका लागि भारत जाने युवाको तथ्यांक जोड्ने हो भने हरेक वर्ष १० लाखभन्दा बढी युवा विदेशिने गरेको पोखरेलको भनाइ थियो ।
View : 390
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved