Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बेबीको र यति एयरलाइन्सबीच व्यवसायिक साझेदारी

उद्‌घोष संवाददाता
२६ चैत २०८२, बिहिवार

विराटनगर । विराट हेल्थकेयर इन्डस्ट्रिज र यति एयरलाइन्सबीच एक महत्वपूर्ण साझेदारी भएको छ । 

यस साझेदारी अन्तर्गत बेबीको प्रिमियम डायपर्सका उपभोक्ताका दुई वर्षमुनिका शिशुहरूले यति एयरलाइन्समा निःशुल्क उडानको सुविधा पाउने विराट हेल्थकेयर इन्डस्ट्रिजले जनाएको छ । 

साथै, यति एयरलाइन्समा उडानका क्रममा शिशु र आमालाई आइपर्ने समस्यालाई दृष्टिगत गर्दै दुई वर्षमुनिका शिशुलाई बेबीको प्रिमियम डायपर्स २ वटा र आमालाई ह्वाइट मुन स्यानिटरी प्याड २ वटा वितरण गर्ने कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा विराट हेल्थकेयर इन्डस्ट्रिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.निकिता कार्की र यति एयरलाइन्सको तर्फबाट  प्रमुख व्यवसाय अधिकृत युवराज बिष्टले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताले नेपालको शिशु स्याहारमा नयाँ आयाम थपेको छ । यस संयुक्त पहलले आमाबाबुको मनमा बालबालिकाको यात्राप्रति रहने चिन्तालाई सम्बोधन गर्दै शिशु यात्रालाई थप सहज बनाउने उद्देश्य राखेको छ ।

विराट हेल्थकेयर इन्डस्ट्रिज नेपालमा बेबीको प्रिमियम डायपर्स तथा ह्वाइट मुन स्यानिटरी प्याड्सका उत्पादक र वितरकका रूपमा परिचित छ । 

कम्पनीले नेपाली बजारमा आफना उत्पादनहरूको माध्यमबाट आमा र शिशुको स्वास्थ्य सुरक्षामा निरन्तर योगदान पुर्याउँदै आएको छ ।

View : 99

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved