Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

थारू समाजद्वारा बुढीगंगाका आगलागी पीडितलाई राहत

उद्‌घोष संवाददाता
८ चैत २०८२, आइतवार

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ गोकुवास्थित मुसहर बस्तीमा भएको भीषण आगलागीबाट घरबारविहीन बनेका परिवारलाई ग्रामथान गाउँपालिका थारू एकता समाज विराटनगरले राहत सामग्री वितरण गरेको छ । 

आगलागीका कारण पूर्ण रूपमा नष्ट भएका १२ घरका पीडित परिवारलाई शनिबार राहत सामग्री वितरण गरिएको हो ।

बाँसको टाटीले बनाइएको घरमा गत बुधबार आगलागी भएपछि पीडितहरू जनता आधारभूत विद्यालय गोकुवामा आश्रय लिइरहेका छन् ।

कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, बूढीगंगा–४ का वडाध्यक्ष शशिकान्त चौधरी, वडा नं ३ का वडाध्यक्ष तिलक मण्डल, वडाका प्रतिनिधि, समाजसेवी राधिका माझी, रेखा माझी र लोकनाथ चौधरीको संयोजकत्वमा पीडित १२ परिवारका ५५ सदस्यलाई १८ हजार बराबरको चामल, चिउरा, भुजालगायत खाद्यान्न सामान हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष सकिलचन सरदार थारूका अनुसार २०८२ सालमा स्थापना भएको सो संस्थाले विपन्न, असहाय, गरिब तथा प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई निरन्तर सहयोग गर्दै जाने लक्ष्य राखेको छ । 

संस्थाका सदस्यहरूले न्यूनतम १०० रूपैयाँदेखि आफ्नो क्षमता अनुसार योगदान गर्दै राहतकोष संकलन गरी यस्ता सहयोग गर्दै आएको जनाएको छ ।

View : 136

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved