विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैले आ–आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नु पर्ने बताए ।
आज निजामती दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकता देखाएर अघि बढ्नु पर्ने धारणा राखे ।
सुशासन र विकासमा सबै अग्रसर हुनु पर्ने भन्दै उनले निष्ठापूर्वक जनताको सेवामा समर्पित हुन जरुरी रहेको उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन आग्रह गरे ।
निजामती सेवाको आदर्श र व्यवहारले नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने बताउँदै उनले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरे ।
निजामती कर्मचारीहरू उच्च नैतिक आचरण र पेशागत मर्यादा मार्फत जनताप्रतिको उत्तरदायित्व हुन पर्नेमा उनले जोड दिएका हुन् ।
View : 141
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved