Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सभा सचिवालय र सभा भवन ‘प्रयोग गर्नै नमिल्ने’

उद्‌घोष संवाददाता
२९ असोज २०८२, बुधवार

विराटनगर । तोडफोड र आगजनीका कारण प्रदेश सचिवालयको भवन प्रयोग गर्नै नमिल्ने गरी क्षति पुगेको प्रारम्भिक परीक्षणले देखाएको छ । 

नेपाल इन्जिनियरिङ एशोसिएशनको नेतृत्वमा सचिवालयको भवनमा गरिएको परीक्षणले उक्त भवन अति जोखिमयुक्त अवस्थामा रहेको भन्दै प्रयोग गर्नै नमिल्ने देखाएको हो ।

साविक जिल्ला विकास समिति हुँदै जिल्ला समन्वय समिति मोरङको स्वामित्वको उक्त भवन निकै पुरानो हो । 

भवन पहिल्यैदेखि जीर्ण रहेपनि प्रदेशसभा सचिवालयले केही मर्मत सम्भार गरेर जेनतेन प्रयोग गर्दै आएको थियो । भदौ २४ को आगजनीबाट भवनको भुइँ र पहिलो तला कामै नलाग्ने गरी क्षतिग्रस्त बनेको छ । 

त्यस्तै तीन करोड रुपैयाँ बढीको लागतमा निर्माण गरिएको प्रदेशसभाको बैठक बस्ने सभाहलसमेत आगजनीबाट पूर्ण रुपमा क्षति पुगेको छ । 

सभाहलभित्र प्रवेश गर्नसमेत जोखिमपूर्ण रहेको जनाइएको छ ।

परीक्षणका क्रममा सभाहलमा थप जोखिम पहिचान गर्नुपर्ने इन्जिनियरहरूले सिफारिस गरेका छन् ।

प्रदेश सभा सचिवालयका कर्मचारीहरु हाल बाँकी रहेका केही कोठामा सामान्य रुपमा कार्यालय संचालन गरेर काम गर्दै आएका छन् ।

View : 295

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved