Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

जामुनगाछी–केसलिया फागुनभित्र कालोपत्रे गर्ने ठेकेदारको प्रतिवद्धता

उद्‌घोष सम्वाददाता
२६ भदौ २०८१, बुधवार

विराटनगर । विराटनगरको जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहल र मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईको समन्वयमा मंगलबार स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले फागुनभित्र कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।

महानगरको सभाहलमा भएको छलफलमा निर्माण व्यवसायी उप्रेतीले भदौ २६ गते बुधबारदेखि नै काम सुचारु गर्ने बताए ।

महानगरका मेयर कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रजिअ भट्टराई, हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की र स्थानीयवासीको उपस्थितिमा भएको छलफलपछि बुधबारदेखि नै निर्माणलाई तीव्रता दिने र दसैंअगाडि सबै खाल्डाखुल्डी पुरिसक्ने प्रतिवद्धता ठेकेदारले गरेका हुन्छ ।

लामो समयदेखि सो सडक निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । स्थानीयले पटक–पटक महानगरपालिका र जिल्ला प्रशासनको सहयोग मागेका थिए ।

विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर सो सडक आगामी असार मसान्तभित्र निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । २०७८ माघ २ गते ठेक्का सम्झौता भए पनि तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि दुईपटक म्याद थपिएको छ । सो सडक निर्माण गर्न भ्याटसहित १७ करोडमा ठेक्का लागेको थियो ।

View : 173

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved