विराटनगर । माहेश्वरी महिला मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसँगको सहकार्यमा गरेको आँखा शिविरमा ३०५ जनाको आँखाको नि:शुल्क परीक्षण र ४५ जनाको शल्यक्रिया गराएको छ । शल्यक्रिया गराउनेमा मोतियाविन्दुका विरामी छन् । शिविरमा आएका विरामीलाई आवश्यक औषधि पनि नि:शुल्क वितरण गरिएको थियो ।
माहेश्वरी महिला मञ्चको आयोजनामा विराटनगर–१ स्थित सयपत्री आधारभूत विद्यालयमा आँखा शिविर गरिएको थियो ।
गोल्छा आखा अस्पताल प्रतिष्ठानका चिकित्सक रुचि शाहको नेतृत्वको टोलीले बिरामीको आँखा परीक्षण गरिएको र मोतियाविन्दुका विरामीको गोल्छा आँखा अस्पतालमा शल्यक्रिया गरिएको मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् ।
कार्यक्रममा मञ्चले अस्पताल प्रतिष्ठानलाई प्रदान गरेको सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गोल्छाले ग्रहण गरेका थिए ।
अखिल भारतीय माहेश्वरी महिला संगठनका उपाध्यक्ष गिरिजा शारडाले गोल्छालाई सम्मानपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा विद्यालयका ७५ जना विद्यार्थीलाई स्वीटर पनि वितरण गरिएको थियो ।
View : 163
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved