सुनसरी । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक बिहिन हुँदै अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशको प्रदर्शनलाई लिएर प्रदेश खेलकुद बिकास बोर्डको भूमिकामा प्रश्न उठेको छ ।
स्थानीय तहहरूले निकै तामझामका साथ ठूलो धनराशि खर्च गरेर छनौट गरे पनि जिल्ला र प्रदेश छनौटमा झारा टार्ने प्रवृति हाबी हुँदा कोशी प्रदेश पहिलो पटक स्वर्ण पदकविहीन बन्नुपरेको छ ।
पदकको प्रमुख दाबेदार मानिएको सुनसरी सहित खोटाङ र सोलुखुम्बुले जिल्ला छनौट नै गर्न सकेनन् ।
स्थानीय तहबाट छनौट भएर आएका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले जिल्ला छनौट गर्न नसकेपछि ती जिल्लाका ३ सय बढी खेलाडी प्रतिष्पर्धा गर्नबाट बञ्चित भए ।
यसको असरले गर्दा पनि कोशी प्रदेशको नतिजा लज्जास्पद आएको एक खेलकुदकर्मीले बताए ।
प्रदेश खेलकुद विकास बोर्डले बेलैमा समन्वय नगर्दा जिल्ला छनौट नहुनु र छनौट भएका जिल्लाहरूबाट हचुवाको भरमा खेलाडी टिपेर प्रतिस्पर्धा गराएकाले पनि कोशी प्रदेशको खराब नतिजा आएको ती खेलकर्मीको भनाइ छ ।
दुई करोड खर्च गरेको कोशी प्रदेशले यस पटकको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विहीन हुँदै केवल ७ रजत र ८ काँस्य पदक लिएर अन्तिम स्थानमा रहेको छ ।
View : 52
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved