विराटनगर । मोरङको रंगेली नगरपालिका–८ बाट बेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
बुधबार राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–८ स्थित खेतमा रहेको रुखमुनि परालले छोपी लुकाई राखेको अवस्थामा (२९ बोरा) ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद गरेको हो ।
बेवारिसे अवस्थामा गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
View : 203
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved