Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आज राधाकृष्ण रथयात्रा

सीसी क्यामेराबाट नगर प्रहरीले रथयात्राको निगरानी गर्दै

उद्‌घोष सम्वाददाता
११ भदौ २०८१, मङ्गलवार

विराटनगर । विराटनगरमा मंगलबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सीसी क्यामेराबाट निगरानी गर्ने भएको छ ।

महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रा हुने आपराधिक गतिविधिको निगरानी गर्ने भएको हो ।

राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सीसी क्यामेराबाट सूक्ष्म रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।

रथयात्रामा हुने भीडको फाइदा उठाउँदै चोरी, पकेटमारा, महिलामाथि हुने दुर्व्यवहारलगायत सीसी क्यामेराबाट निगरानी गरिने पौडेलले बताए ।

पौडेलका अनुसार कसैले आपराधिक गतिविधि गरेको पाइए तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीसित समन्वय गरेर नियन्त्रणमा लिइनेछ ।

रथयात्रा निकालिने राधाकृष्ण मन्दिरदेखि रोडशेषसम्मका विभिन्न चोक र स्थानमा महानगरले जडान गरेका ३७ वटा सीसी क्यामेरा विगतदेखि नै सञ्चालनमा रहेका छन् । रोडशेषदेखि बरगाछीसम्म प्रहरीले जडान गरेका क्यामराबाट जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट निगरानी गरिनेछ । 

महानगरले जडान गरेका ३७ वटा क्यामेराको प्रहरीले पनि निगरानी गर्नेछ । हरेक वर्ष राधाकृष्ण रथयात्रामा हजारौंको सहभागिता रहदै आएको छ ।

रथयात्रामा विराटनगरसहित आसपासका गाउँपालिकाका साथ भारतका विभिन्न स्थानबाट भक्तजनको सहभागिता रहने गरेको छ । यसपटकको रथयात्रामा करिब ५ लाख भक्तजन सहभागी हुने आयोजकले अनुमान गरेको छ ।

View : 117

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved