Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

गुडलाइफले बनायो बिस्कुटबाट राम मन्दिर

उद्‌घोष संवाददाता
९ माघ २०८०, मङ्गलवार

Advertisement

विराटनगर । एशियन थाइफुड्स प्रालिको उत्पादन गुडलाइफ बिस्कुटको प्रयोग गरेर विराटनगरमा राम मन्दिरको प्रतिमा बनाइएको छ । सोमबारमात्रै भारतको अयोध्यामा प्राण प्रतिष्ठा प्रदान गरिएको राम मन्दिरको संरचनालाई झल्को दिने गरी बिस्कुटबाट मन्दिरको प्रतिमा बनाइएको हो ।

एशियन थाइ फुड्स प्रालिका संचालक एवं उद्योगी महेश जाजूले अयोध्यामा  राम मन्दिरको भव्य निर्माण भएर रामको प्रतिमा समेत राखिएकोले नेपालमा पनि राम मन्दिरको महत्व दर्शाउन बिस्कुटको प्रयोग गरेर कलाकारिता प्रस्तुत गरिएको जानकारी दिए ।

बिस्कुटको मन्दिर एकैदिनमा निर्माण गरिएको कलाकार मयुसाले बताइन् । उनले घरैमा बिस्कुट ल्याएर मन्दिर निर्माण गरिएको जानकारी दिइन् । स्वदेशी उत्पादनको प्रवर्द्धन र राम मन्दिरको महिमालाई प्रचार गर्न बिस्कुटबाट मन्दिर बनाइएको बताइन् ।
 

View : 473

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved