विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय पकलीबाट परिचालन भएको अनुगमन टोलीले सुनसरीको भोक्रानरसिंह गाउँपालिका वडा नं ६ फुलचोकबाट स्रोत नखुलेको ठूलो परिमाणमा नेपाली मुद्रा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको टोलीले जाँच गर्दा जिल्ला सुनसरी कोशी गाउँपालिका– ३ बस्ने बस्ने अन्दाजी २७ बर्षीय वीरेन्द्रकुमार राउतको साथबाट स्रोत नखुलेको २१ लाख ५७ हजार ९ सय ३५ रुपैयाँ नेपाली मुद्रा बरामद गरेको हो ।
प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा पूर्व पश्चिम राजमार्ग हुँदै इनरुवातर्फ आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले रोकी जाँच गर्दा राउतको साथबाट स्रोत नखुलेको सो रकम नियन्त्रणमा लिएको हो ।
बरामद रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक छानबिन तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको जनाइएको छ ।
बरामद भएको मुद्रामा एक हजार दरको ९०४ थान, पाँच सय दरको २ हजार ५ सय ४ थान, एक सय दरको १९ थान, २० रुपैयाँ दरको १ थान, १० दरको नोट १ थान र पाँच दरको १ थान रहेको छ ।
View : 198
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved