सुनसरी । दरबन्दी अनुसार वैज्ञानिक नहुँदा राष्टिय भैंसी अनुसन्धान कार्यक्रम प्रभावित भएको छ ।
सुनसरीको तरहरामा रहेको राष्ट्रिय भैंसी अनुसन्धान कार्यालयमा ४ जना वैज्ञानिकको दरबन्दी रहेकोमा हाल दुई जना मात्र कार्यरत छन् ।
वैज्ञानिक अभावमा कार्यालयले अनुसन्धानको काम प्रभावकारी रूपले गर्न नसक्दा भैंसीपालक कृषक नै प्रभावित भएका छन् ।
सुनसरीको तरहरास्थित भैंसी अनुसन्धान केन्द्रले नयाँ र उन्नत जातका पाडापाडी उत्पादन गरी किसानलाई वितरण गर्दै आएको छ । तर कूल १९ जना कर्मचारीको दरबन्दीको कार्यालयमा हाल १२ जना मात्रै कार्यरत छन् ।
अधिकृतस्तरका ४ जना कर्मचारीको दरबन्दी रहेकोमा कार्यलयमा १ जना मात्र कार्यरत छन् । विभाग र मन्त्रालयमा वैज्ञानिक र कर्मचारी माग गरिए पनि लामो समयदेखि पदपूर्ति हुन सकेको छैन ।
नार्कमा नै वैज्ञानिक अभाव भएकाले पदपूर्ती हुन नसकेको राष्ट्रिय भैंसी अनुसन्धान कार्यालय तरहरा, सुनसरीका प्रमुख पवनकुमार झाले जानकारी दिए ।
कर्मचारी अभाव हुँदा केन्द्रमा भैंसीपालन सम्बन्धी काममा समेत समस्या परेको छ ।
यसबाट किसानलाई प्रत्यक्ष असर परेको कार्यालयले जनाएको छ ।
View : 82
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved