विराटनगर । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफम सुपर कृषकले सहकार्य गरेका छन् ।
यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोन मार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको छ ।
यो सहकार्य नेपालको कृषि क्षेत्रलाई डिजिटल बनाउने यात्रा तथा कृषि क्षेत्रमा रहेको डिजिटल असमानता घटाउने दिशामा ऐतिहासिक कदम हो । हालसम्म देशका ३० हजार भन्दा बढी किसानहरू सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन् ।
यस प्लेटफर्म मार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर, तथा कृषि चिना (स्याटेलाइटअनुगमन) जस्ता डिजिटल उपकरण र सेवाहरू उपलब्ध हुन्छन् । जसले किसानहरूलाई आफनै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोग कीरा तथा बाली समस्या पहिचान र बाली अनुगमन सम्बन्धी जानकारी प्राप्त गरी स्वमुल्यांकन गर्न सक्षम बनाउँछ ।
यो सहकार्यले गर्दा देशका प्रत्येक जिल्लाका किसानहरूले आफनो मोबाइल फोनमार्फत उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्ने हुने कम्पनीले जनाएको छ ।
उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हातहातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक प्रविधिको पहुँच सुनिश्चित भएको छ ।
एनसेलको बृहत नेटवर्क पहुँच र लाखौं सक्रिय ग्राहकहरू भएकाले अब सुपर कृषकका प्रिमियम सेवाहरू आम किसानहरूलाई एक भ्यालुएडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध भएको छ ।
यो सँगै नेपालमै पहिलो पटक किसानहरूले भ्वाइस, डेटा वा एसएमएस सेवा लिए झैं सहजरूपमा आफनो मोबाइल ब्यालेन्सबाटै कृषि सेवाको लाभ उठाउन सक्ने भएका छन् ।
किसानहरूले सुपर कृषक एपमार्फत यो सेवा लिन सक्छन् । सो एपमा विभिन्न अवधिका सदस्यता प्याकेजहरु उपलब्ध छन् ।
एकवर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैया तिर्दै वार्षिक १ हजार ५ सय ६० रुपैयाँ खर्चिनुपर्ने छ । त्यस्तै ६ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँ भुक्तानी गरी कुल ८ सय ४० रुपैयाँ तिर्नुपर्ने छ ।
एकमुष्ट भुक्तानी गर्ने किसानहरूले भने ६ महिनाका लागि ७५६ रुपैयाँ तथा एक वर्षको लागि १ हजार २४८ रुपैयाँ तिरेर सेवा लिन सक्छन् ।
आफूलाई उपयुक्त सेवा लिएपछि लागू हुने शुल्क मेन ब्यालेन्सबाट कटौती हुन्छ । एनसेल र सुपर कृषकले यो सेवा अबको एक वर्षमै १ लाख २० हजार भन्दा बढी किसानसम्म पु¥याउने लक्ष्य राखेका छन् ।
View : 108
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved