Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस

उद्घोष सम्वाददाता
१६ भदौ २०८१, आइतवार

मोरङ, १६ भदौ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०/८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०/८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा  प्रदेश प्रमुख खापुङ्गले  आयोगले निष्पक्ष रुपमा कर्मचारी छनौट र सिफारिस गरेको बताए ।

उनले  मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको धारणा राखे ।

प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका प्रशासनमा सवल र निष्पक्षतामा देखिएको बताए ।

उनले भने, “आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा प्रदेशको मोरङ जिल्ला बाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय बन्न आवश्यक छ ।”

आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८०/८१ मा प्रदेश निजामती सेवाका विभिन्न सेवातर्फ माग भई आएका पद सङ्ख्याहरु कुल ४६४ पद रहेको जानकारी दिए ।

यसमध्ये खुला तथा समावेशीतर्फ ३३२, अन्तर स्थानीय तहतर्फ १४, आन्तरिक अन्तर सेवातर्फ चार गरी जम्मा ३५०  का लागि विज्ञापन प्रकाशन गरिएको थियो ।

साथै वढुवातर्फ ११४ पदका लागि सूचना प्रकाशन गरेको  उनले जानकारी दिए । रासस

View : 105

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved