Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको हिमाली क्षेत्रमा हिमपात (फोटो)

उद्‌घोष सम्वाददाता
२३ पुष २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । मंगलबार अपरान्हदेखि सोलुखुम्बुको लुक्कामा हिमपात भएको जनाइएको छ । 

मौसम फिल्ड कार्यालय कृष्ण प्रजापतीले लुक्का क्षेत्रमा हिमपात भइरहेको जानकारी दिए ।

साथै पहाडी भू–भागका केही स्थानहरूमा छिटपुटदेखि हल्का बर्षा समेत भइरहेको जनाइएको छ ।

जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसोदेखि कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना रहेको जनाएको थियो ।

अहिले कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्न सुरु भएको जनाइएको छ ।

खुम्बु क्षेत्रको माथिल्लो भेगसहित सल्लेरीबाट देखिने पिकेडाँडा, रातनागी सहितका डाँडाहरु हिउँले सेताम्मे बनेका छन् ।

खुम्बुको नाम्चे, खुम्जुङ क्षेत्रमा दिउँसोबाटै हिमपात सुरु भएको जनाइएको छ । ने थामे, त्याङ्बोचे, कोङ्दे, खुम्जुङ लगायतका क्षेत्रमा समेत हिमपात भइसकेको जनाइएको छ । 

यता जिल्ला सदरमुकाम सल्लेरी बजार क्षेत्रमा भने पानी पर्न सुरु भएको छ ।

तस्वीर स्रोत : कृष्ण प्रजापती, मौसम फिल्ड कार्यालय, लुक्ला

View : 168

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved