Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

रहेनन् कवि भैरोदान सुराना

उद्‌घोष सम्वाददाता
३ साउन २०८१, बिहिवार

विराटनगर । विराटनगर–२ निवासी भैरोदान सुरानाको बुधबार निधन भएको छ । ९१ वर्षीय सुरानाको विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको हो ।

विराट टिचिङ अस्पतालमा लामो समयको उपचार पछि उनलाई मंगलबार मात्रै घर ल्याइएको थियो ।

हक्की स्वभावका सुरानाको साहित्य क्षेत्रमा रूचि थियो । उनले मारवाडी, नेपाली र हिन्दी भाषामा धेरै कविता लेखेका र पुस्तक पनि प्रकाशित छन् । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

कवि सुरानाको बुधबार अपरान्ह स्थानीय परमविश्रान्ति घाटमा अन्तिम संस्कार गरिएको छ । व्यापारिक घरानाको भएर पनि उनले कहिल्यै पनि व्यापार व्यवसायमा रूचि राखेनन् । उनी मारवाडी समुदायको पढेलेखेका ज्येष्ठ नागरिक थिए ।

स्वर्गीय सुरानाले ६ दशक अघि बनारसस्थित हिन्दु विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा बीए अनर्स उत्तीर्ण गरेका थिए । व्यापार व्यवसायमा भन्दा साहित्यमा उनको बढी रूचि थियो । स्वर्गीय सुरानाका केही कविता उद्घोष दैनिकमा पनि प्रकाशित भएका छन् ।

View : 182

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved