Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

झ्याप्ले खोला पहिरोमा पुरिएका बस र माइक्रोबसबाट ३० जनाको शव निकालियो, उद्धार जारी

उद्‌घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

गोरखाबाट शुक्रबार काठमाडौँका गुडेर हालसम्म वेपत्ता भएको बस झ्याप्ले खोलाको पहिरोले पुरिएको अवस्थामा (रातो घेराभित्र)।

विराटनगर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा खसेको पहिरोले शनिबार पुरिएका तीनवटा सवारी साधनबाट हालसम्म ३० जनाको शव निकालिएको छ ।

ठुलो सङ्ख्यामा परिचालन भएका सुरक्षाकर्मीहरूले बस र माइक्रोबसबाट हालसम्म ३० जनाको शव निकालेका कारण उनीहरूको मृत्यु पुष्टि भएको हो ।

उद्धारकर्तामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार अपरान्ह पनि पहिरोले पुरिएको एउटा बसभित्रबाट शव निकालिरहेका छन् ।

चितवनबाट काठमाडौँ गइरहेको बा ३ ज १३४५ नम्बरको माइक्रो आइतबार बिहान झ्याप्ले खोलाले पुरिएको थियो । उक्त माइक्रोबसबाट सुरक्षाकर्मीहरूले शनिबार राती नै १३ जनाको शव निकालेका हुन् ।

१३ जनामा मृतकमध्ये ४ महिला र ९ पुरुष रहेका छन् । मृतकहरु मध्ये ९ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौँ गइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस समेत सोही पहिरोमा पुरिँदा त्यसमा सवार १४ जना यात्रुको मृत्यु भएको जनाइएको छ । माइक्रोबसबाट ८ पुरुष, ५ महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको स्थानीयले बताएका छन् । शुक्रबार गोरखाबाट काठमाडौँका गुडेको ना ४ ख २२७० नम्बरको यात्रुबस समेत झ्याप्ले खोलामै पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट हालसम्म ३ जना पुरुषको शव निकालिएको छ ।

बसको सानो भागमात्रै देखिएका कारण अहिले उद्धार टोलीले पुरिएको स्थानमा माटो ढुंगा पन्साउने काम गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

View : 197

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved