Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कृषि एक्स्पो-२०८१

हरेक स्टलमा देखिन्छन् अवलोकनकर्ता (फोटो)

उद्घोष सम्वाददाता
२८ भदौ २०८१, शुक्रवार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ स्थित कृषि थोक बजार केन्द्रमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो २०८१ मा अवलोकनकर्ताहरूको भिडभाड देखिएको छ । एक्स्पोको हरेक स्टलमा अवलोकनकर्ताहरू पुगेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा पहिलो पटक कृषि क्षेत्रको विकास र रूपान्तरणको सम्भावनालाई बाटो देखाउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । 

एक्स्पोमा १३० वटा स्टलहरू रहेका छन् । नेपालसहित भारतको विहार राज्यमा भइरहेको कृषि क्षेत्रको विकास र प्रविधिको प्रयोगको अवस्था एक्स्पोमा प्रदर्शनी गरिएका छन् ।

अधिकांश स्टलहरूमा राखिएका कृषि उत्पादन र यन्त्र उपकरणहरू प्रदर्शनीका लागि मात्रै रहेका छन् । कृषि यन्त्र र उपकरणसँग सम्बन्धित केही स्टलहरूमा मात्रै बिक्री वितरण पनि गरेका छन् ।

चर्को घाम र गर्मीमा पनि अवलोकनकर्ताहरू स्टलमा भेटिएका छन् । उनीहरूले कृषि वस्तुको अवलोकन गर्दै जानकारी आदान प्रदान गरेका छन् । 

महासंघले कृषि क्षेत्रका जल्दाबल्दा सवाललाई उजागर गर्दै सार्वजनिक बहस समेत सुरु गरेको छ । एक्स्पो स्थलमा प्यानल छलफल सुरु गरिएको हो ।

View : 168

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved