विराटनगर । विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग ‘जाइका’को अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ छ ।
परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा दुई–तीन वटा पाइप बिछ्याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ ।
सबै परीक्षण पूरा गरेपछि मात्रै औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले जानकारी दिए । जाइकाको खानेपानी परियोजना काम छिटो सम्पन्न भएर शुद्ध खानेपानी प्रयोग गर्न वडाबासी आतुर रहेको आफूले पाएको परीक्षणमा उपस्थित वडाध्यक्ष राम पोखरेलले बताए ।
विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका भइरहेका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्यांकी, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइनेछ । खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
खानेपानी आयोजनाले १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन् ।
View : 91
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved