Biratnagar, Morang, Nepal
२० जेठ २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

बलुवाहीमा रमणीय पार्कको शिलान्यास

उद्‌घोष सम्वाददाता
१८ जेठ २०८२, आइतवार

विराटनगर । विराटनगर–८ स्थित बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर बृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अर्ज्यालले पार्क निर्माण गर्न लागेका हुन् ।

दुई विघा आठ कठ्ठा जग्गामा पार्क बनाउन लागिएको जनाइएको छ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर वडा नं.८ का अध्यक्ष राम पोखरेलले पार्कको शिलान्यास सम्पन्न गरेका छन् । पार्क निर्माणका लागि जग्गाधनी टिकाराज ढकालले सहुलियतमा जग्गा उपलब्ध गराएको वडाध्यक्ष पोखरेलले बताए ।

विराटनगर महानगरपालिकाभित्र एउटा पनि रमणीय पार्क नभएको र बृद्धाश्रमको अभियान सकिएकोले दैनिक एक रुपैयाँ संकलन गरेर पार्क निर्माण गर्ने लक्ष्य राखिएको अर्ज्यालले बताए । 

अज्र्यालले पार्क बनाउनका लागि तोकिएको जग्गामध्ये १४ कठ्ठा खरिदको प्रक्रियामा रहेको बताए । बाँकी जग्गा खरिदका लागि सहयोगी दाताको खोजी भइरहेको बताए । पार्कको क्षेत्र विस्तार गर्न त्यहाँ रहेका ऐलानी जग्गालाई वडा कार्यालयको सहजीकरणमा समेटिने जनाइएको छ ।

View : 74

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved