Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

इक्वालिटी कप क्रिकेटको उपाधि विराटनगर हबलाई

उद्‌घोष संवाददाता
३० चैत २०८२, सोमवार

विराटनगर । विराटनगरको ज्वाला क्रिकेट मैदानमा भएको ५ औं इक्युवालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हवले उचालेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा विराटनगर हवले राजविराज हवलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेटको ९७ रन बनाएको थियो । विराटनगरकी टिका साहले ३० रन बनाउँदा सुभेक्षा लिम्बुले १७ रन बनाइन् । राजविराजकी दिपा राम र बन्धना रजकले समान २–२ विकेट लिए ।

९८ रनको लक्ष्य पाएको राजविराजले पुरै ओभरमा ६ विकेट खर्चिएर पनि ८६ रनमा सिमित बन्यो । 

राजविराजकी कप्तान साक्षी यादवले अविजित ४८ रन बनाउँदा साक्षी देवले १३ रनको योगदान गरिन् । 

प्लेयर अफ फाइनल घोषित विराटनगरकी समिक्षा राईले ३ विकेट लिंदा सुभेक्षा लिम्बु, सानु राजवंशी र सम्रिका गौतमले १–१ विकेट लिएका थिए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज राजविराजकी साक्षी यादव घोषित भइन् । त्यस्तै उत्कृष्ट ब्याटर पनि साक्षी यादव हुँदा उत्कृष्ट बलर विराटनगरकी सुभेक्षा लिम्बु घोषित भइन् ।

चैत २७ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हबसहित पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ–११ र मधेश प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी रहेका थिए ।

विजयी खेलाडीलाई प्रमुख अतिथि कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, नेपाल क्रिकेट संघकी पूर्व केन्द्रीय सदस्य जिना श्रेष्ठ र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।

View : 81

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved