विराटनगर । पुष्पलाल मध्यपहाडी लोकमार्ग झुलाघाट–चिवाभन्ञ्याङ समृद्धि यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उदयपुरको घुर्मी बजार हुँदै ओखलढुंगाको हर्कपुर पुगेका छन् । हर्कपुर टेकेसँगै एमालेको यो यात्राको अभियान कोशी प्रदेश प्रवेश गरेको हो ।
घुर्मीमा एमालेका नेता-कार्यकर्ताहरुले ओलीलाई स्वागत गरेका छन् । हर्कपुरमा उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट एमालेका नेता कार्यकर्ता पुगेका छन् । हर्कपुरमा सभासमेत तय गरिएको जनाइएको छ । आजै ओलीले सभालाई सम्बोधन गरेर खोटाङ प्रवेश गर्ने जनाइएको छ ।
यता एमालेको यात्रालाई अवरोध गर्न खोजेको भन्दै प्रहरीले एक दर्जन बढीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
पहिचान पक्षधर संघसंस्थाहरुले एमालेको उक्त यात्राको कार्यक्रमलाई अवरोध हुने गरी सडकमा रुख ढालेर बाटो छेक्ने र विथोल्ने योजना बनाएको भन्दै प्रहरीले गोपाल किरातीसहित एक दर्जनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
एमालेले आफ्नो यात्राको पहिचान पक्षधरहरुसँग कुनै साइनो सम्बन्ध नै नरहेको भन्दै अवरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।
View : 94
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved