विराट सेवा आश्रमका नवनिर्वाचित अध्यक्ष खेममणि काफ्ले ।
विराटनगर । विराटनगर–१० तीनटोलियास्थित विराट सेवा आश्रमको अध्यक्षमा खेममणि काफ्ले चयन भएका छन् । आश्रमको हालै सम्पन्न १७ औं साधारण सभाबाट काफ्ले अध्यक्ष चयन भएका हुुन् । काफ्ले निजामति सेवाका निवृत्त कर्मचारी पनि हुन् ।
साधारण सभाले काफ्लेको अध्यक्षतामा आगामी तीन वर्षका लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष डिल्लीरमण उप्रेती, सचिव दिनानाथ भण्डारी, सहसचिव गंगा सुवेदी प्याकुरेल र कोषाध्यक्ष चेतनाथ नेउपाने चयन भएका छन् । त्यस्तै सदस्यहरूमा गोपालप्रसाद पाण्डे, कृष्णगोपाल दाहाल, माधवराज वाग्ले, सुशीला ओझा, विन्दु भट्टराई ढुङ्काना, तुलसीप्रसाद खतिवडा, पारस कोइराला र यज्ञबहादुर थापा चयन भएका छन् ।
आश्रमका निवर्तमान अध्यक्ष रामकृष्णराज तिम्सिनाको अध्यक्षतामा भएको साधारण सभाले लिलानाथ दिलकुमारी दहाल पुरस्कार तथा सम्मान कोषबाट विभिन्न ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष खेममणि काफ्लेले जानकारी दिएका छन् ।
कोषबाट असल सन्तति सम्मान पुरस्कार कुन्ता बराल पोखरेल, ज्येष्ठ सदस्य सम्मान तथा पुरस्कारका साथै आश्रमको उन्नयनमा योगदान पु्याउने रामदेव मण्डल, गङ्गादेवी पोखरेल, फलेन्द्रबहाुर कार्की र सानुदुर्गा श्रेष्ठलाई सम्मान गरिएको काफ्लेले बताए । त्यस्तै, आश्रममा सञ्चालन भएको योग तथा ध्यान कार्यक्रमका प्रशिक्षक दम्पत्ती चोलाराज पोखरेल र यमुना पोखरेललाई प्रदान गरिएको उनले बताएका छन् । साधारण सभा आश्रमका संरक्षक हरिभक्त सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
View : 371
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved