भोजपुर । फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि हिंडेको नेपाली सेनाको टोली सवार बस आइतबार भोजपुरमा दुर्घटना हुँदा ११ जना सैनिक घाइते भएका छन् ।
सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीमा हिँडेको ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–३ स्थित सेती बगरनजिक मोडबाट अनियन्त्रित भई सडकबाट तल खसेको हो । बसमा २४ जना सैनिक सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलबाट स्थानीय, प्रहरी र सेनाको अर्को टोली पुगेर उद्धार गरेका छन् ।
घाइते ११ जनामध्ये केही सैनिकलाई सामान्य चोट लागेको छ । ३ जनाको अवस्था मध्यम रहेको र एक सैनिकको टाउको र ढाडमा चोट लागेको छ । अर्का एकको हात भाँचिएको जनाइएको छ ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भोजपुर जिल्ला अस्पताल लगिएको छ । त्यहाँ प्रारम्भिक उपचारपछि गम्भीर घाइते २ जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
View : 143
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved