सुनसरी । क्षणिक आवश्यक्ताका लागि मानिसले ऋण लिने गर्दा ठूलो समस्या पर्दा त्यही पुरानो ऋण बाधक हुन्छ । त्यसका लागि वित्तीय साक्षरता आवश्यक छ ।
सुनसरीको कालाबञ्जारमा विजय लघुवित्त बित्तीय संस्थाले स्थानीयका लागि सञ्चालन गरेको साक्षरता कार्यक्रममा ऋण लिएपछि त्यसबाट मुनाफा गर्नुपर्ने र समयमा तिर्न सक्दा मात्रै ऋणीको जीवन सहज हुने बताइयो ।
संस्थाले बित्तीय कारोबार गरिरहेका सदस्यहरु बीचमा बचत, अनुशासन, जोखिमका विषयमा जानकारी गराएको छ ।
संस्थाका शाखा प्रमुख राम लुइटेलले आम्दानी र खर्चको सन्तुलन मिलाउन सके मात्रै बचत गर्न सहज हुने बताए ।
आवश्यक्तालाई प्राथमिकतामा राखेर कर्जा लिने र त्यसको सदुपयोग गर्न सक्नु पर्ने उनको सुझाव छ । कर्जालाई सही ठाउँमा प्रयोग गरेर मुनाफा गर्दै समयमै ऋणमुक्त भएर सहज जीवनयापन गर्न सकिने कार्यक्रममा बताइयो ।
लघुबित्तका अनुगमन अधिकृत तेजबहादुर खड्का, पञ्चायन माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर लुइटेललगायतले समय अनुकूल मानिसहरु सामाजिक सञ्जालमा अल्झिएर जोखिममा पर्ने गरेको बताए ।
सामान्य आवश्यक्तामा ठूलो कर्जा लिने र पछि पछुताउने बचतकर्ता र ऋणीका कारण लघुबित्त र सहकारीहरु डुब्दो क्रममा छन् ।
View : 66
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved