विराटनगर । मंगलबार विहान परेको भारी बर्षाका कारण विराटनगरका धेरै ठाउँ जलमग्न भएका छन् । विहान करीव १ बजेदेखि विराटनगर र आसपासका क्षेत्रमा बर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहानमात्रै मोरङको सुन्दरहरैंचा क्षेत्रमा ९६ मिलीमिटर बर्षा भएको जनाइएको छ । विराटनगरमा समेत ठुलो बर्षा भएको हो । जसका कारण बर्षेनी डुबानको समस्या भोग्दै आएका विभिन्न वडाहरुको टोली र बस्तीहरु डुवानमा परेका हुन् ।
भारी बर्षाका कारण कोशी राजमार्ग अन्तरगत विराटनगरका विभिन्न ठाउँमा सडक समेत जलमग्न भएको जनाइएको छ ।
विभागले हाल कोशी प्रदेशसहित मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको जनाएको छ ।
विहान ६ बजेसम्मको विवरण अनुसार पछिल्लो ३ घण्टामा कोशी प्रदेशसहित मधेश, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी बर्षा भएको छ ।
विभागले आगामी २४ घण्टामा कोशीसहित मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
View : 202
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved